बारामा सात लाखको गहना र अवैध बन्दुक सहित दुई जाना पक्रउ परे का छ्न |

घरमा अवैध हतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी जैतापुरको सम्युक्त प्रहरी टोलीले संजिव बलको घर खानतलासी गरेको हो ।
खानतलासी गर्ने क्रममा लोड भरूवा बन्दुक एक थान, सोमा प्रयोग हुने बेरिङ पाँच थान सहित बल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रामकाजी थापाले बताए ।
यसैगरी अर्को घटनामा चाँदी तथा सुन जस्तो देखिने ६ लाख ८० हजारको धातुका गहना सहित अर्को एक जना शुक्रबार पक्राउ परेका हुन ।
पक्राउ परेका बारा विश्रामपुर गाउँपालिका वडा नम्बर २ छतवा टोल निवासी २९ बर्षिय रामविनय साहलाई प्रहरीले सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको सम्युक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर १ छतवा टोल स्थित सडकमा ना ६१ प ९३४० नं.को मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राउदै गरेको अबस्थामा उनलाई पक्राउ गरेको हो ।
करिब तीन लाख २० हजार मुल्य बराबरको पाँच किलो ९९८ ग्राम चाँदी जस्तो देखिने धातु र तीन लाख ६० हजार मुल्य बराबरको ५७ दशमलब ६१ ग्राम सुन जस्तो देखिने पहेलो धातुको तयारी गहना सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रामकाजी थापाले बताए ।
पक्राउ परेका साहलाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई भन्सार ऐन अनुसार कानुनी कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगञ्ज पठाईने प्रहरी निरिक्षक थापाले बताए ।