Modern technology gives us many things.

भारततर्फ बात लागुऔषध बोकेर नेपाल आएका दुई भारतियलाई बारा प्रहरीले पक्राउ गरेका हुन् ।

56

४ भदौ बारा । बारामा लागुऔषध सहित दुईजना भारतीय नागरिकलाई  बसतपुर प्रहरी चौकिले पक्राउ गरेको छ ।

आज बिहान करिव ७:३० बजे कलैया उप -महानगरपालिका २० स्थित गण्डक नहरबाट  पक्राउ गरेको हो ।

Jay poli clinik

भारतबाट नेपालतर्फ BR30R 9391 को मोटरसाइकलमा आउदै गरेको भारत बिहार मोतिहारी जिल्ला थाना महुआवा ग्राम पञ्चायत कोरैया वडा नम्बर १ का ३२ बर्षिय चन्दन मिश्रा र सोही ग्राम पञ्चायत वडा नम्बर २ का २५ बर्षिय धर्मजित कुश्वाहालाई चेकजाचको क्रममा पछाडी पिठयूमा बोक्ने झोलामा लुकाएर ल्याएको लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

One 11 lounge

उनीहरूको साथबाट डाईजोपाम इन्जेक्सन ६०० पिस,नुरफिन ६०० पिस र नाईट्रोभेट टयाबलेट ३०० पिस बरामद गरिएको प्रहरीले जनाएको छ  ।
उनीहरूलाई जिल्ला प्रहरि कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.