बिमा रकमको चकरमा आफ्नै टिप्परमा आगजनी गर्ने पक्राउ।
बिमा रकमको चकरमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका हुन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।
घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको खबर प्रहरीले जनाएको छ ।
विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक र सहचालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गर्ने खुलासा भयो। गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिए छ्न। बिमा रकमको लोभको चकरमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए ।थप अनुसान्धान जारी छ।

