नक्कली नागरिकतामा संलग्न व्यक्ति साढे दुई वर्षपछि पक्राउ
भारतीय नागरिकलाई आफ्नो छोरा बनाइ वंशजका आधारमा नेपाली नागरिकता दिएका थिए । एक फरार व्यक्ति दुई वर्ष सात महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा कचनकवल गाउँपालिका- २ बस्ने ५८ वर्षीय बमबहादुर गुरुङ रहेका हुन । झापा जिल्ला अदालत भद्रपुरले २०७६ फागुन ११ गते गरेको फैसलाबमोजिम झुट्टा विवरण पेस गरी विदेशी नागरिकले नेपाली नागरिकता लिन गरेको मुद्दामा उनलाई ६ महिना कैद सजाय सुनाएको थियो। सोही दिनदेखि फरार रहेका गुरुङलाई प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिर्तामोडबाट पक्राउ गरेको हो। किन त्यो किर्ते नागरिकता बनाउने कार्यमा सबै संलग्न देखिएको भन्दै अदालतले वडा अध्यक्षसहित अझै ८ जना कर्मचारीको नाममा पक्राउ पुर्जी जारी गर्यो। कचनकवल-२ का वडा अध्यक्ष मेखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ, वडा कार्यालयका वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, कचनकवल २ बस्ने कविता गुरुङ, सोही ठाउँका गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद,तिम्ल्सिना, शिवकुमार दाहालको नाममा पक्राउ पुर्जी जारीको थियो। पक्राउ पुर्जी जारी भए पनि झापा प्रहरीले राजनीतिक दबाबका कारण कसैलाई पक्राउ गर्न सक्ने । लामो समयपछि उनीहरू आफैं अदालतमा उपस्थिति भए।