यातायात लाइसेन्स शाखाको प्रमुख सुशील साहलाई विदाई
वीरगञ्ज, १३ भदौ । मधेश प्रदेश सरकारको नवगठीत उद्योग विभागको महानिर्देशक भएका सुशील साहलाई विदाई गरिएको छ । यातायात कार्यालय वीरगञ्ज लाइसेन्स शाखाका प्रमुख रहेका साहलाई आइतवार एक कार्यक्रमका बिच समान सहित विदाई गरिएको छ ।

यातायात कार्यालयको प्रमुखका रुपमा साहले इमानदारी पुर्बक निभाएको जिम्मेवारीको मूल्यांकन गर्दै उनलाई वीरगञ्जका युवाहरुले विदाई गरेको हुन् ।विदाई युवक राकेश पटेलको अध्यक्षतामा भएको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै साहले नयाँ जिम्मेवारीलाई उत्तरदायी ढंगले निर्वाह गर्ने प्रतिक्रिया दीए।
विदाई कार्यक्रममा युवक सुनिल हजरा, सन्दिप यादव,पप्पु पटेल, सन्तोष ठाकुर, लगायतको उपस्थिती रहेको हुन ।
