Modern technology gives us many things.

नक्कली लोगो राखी चामल बेच्‍ने दुई जना पक्राउ

40

ललितपुर महानगरपालिका – ३ सुन्दरीघाटस्थित सेन्चुरी प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगको नाममा बिना अनुमति विभिन्न किसिमको ब्रान्डको लोगो राखी चामल बिक्री गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जना ब्याक्तीलाई सोमबार प्रहरीले पक्राउ गरेको छन ।

काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने २७ वर्षीय लाल बहादुर बस्नेत रहेका छन् ।

Jay poli clinik

भारतका विभिन्न कम्पनीबाट आयातित चामलमा उत्पादन मिति र उत्पादक स्थान लगायतको विवरण नखुलेका लगन र चामललाई विभिन्न ब्रान्डका लोगो राखि खाद्य अनुज्ञापत्र अनु नलिई बिक्री वितरण गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहल समेतबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

One 11 lounge

उक्त उद्योगबाट १ लाख ८० हजार ३० किलोग्राम चामल तथा प्याकेजिङका लागि राखिएका विभिन्न ब्रान्डका खाली ब्याग, प्याकेजिङ मेसिन एवं बिग्रिएको अवस्थामा रहेको ४७ हजार ४ सय ६० किलोग्राम चामल फेला पारी उक्त उद्योगलाई शिलबन्दी गरिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । उनीहरूलाई खाद्य ऐन २०२३ बमोजिम थप अनुसन्धानको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहलमा पठाइएको जनाएका छन।

Leave A Reply

Your email address will not be published.