वीरगन्जमा विजयादशमीका दिन बुधबार बेलुकी रावण दहनमा हजारौं भक्तजनको सहभागी ।
वीरगन्ज । असोज १९ गते रावण दहन यसबर्ष पनि वीरगन्जमा विजयादशमीका दिन बुधबार बेलुकी रावणकाे दहन गरिएको छ ।
असत्यको नाश र सत्यको विजय भएको उपलक्ष्यमा विजयादशमीका दिन वीरगन्जमा रावणाकाे दहन गर्ने गरिन्छ ।वीरगन्ज महानगरपालिका १६ नगवाकाे बाईपास सडक स्थित माँ वैष्णो मन्दिर अगाडी करिब ३० फिट अग्लो बनाईएको रावणकाे प्रतिमामा आगाे लगाएर रावण दहन गरिएकाे थियोे।
रावण दहन कार्यक्रमलाई उत्साहपूर्वक सम्पन्न बनाउँन विभिन्न सांस्कृति कार्यक्रमको समेत आयोजन गरिएको थियो । बैष्णोदेवी मन्दीर अगाडीबाट निकालिएको शोभा यात्रा ईनर्वा, घुसुकपुर, छपकैया, विर्ता, अखलियामठ, आर्दशनगर, माईस्थान, घण्टाघर चाेक हुदैं रेल्वे रोडको रामटोल, बाईपासको नगवा हुदैं कार्यक्रम स्थलमा पुगेर रावण दहन कार्यक्रममा परिणत भएको थियो ।
रावण दहन कार्यक्रममा विभिन्न हिन्दू धार्मिक संघ संगठनका स्वंयसेवकका साथै हजाराैं स्थानियकाे पनि सहभागिता थियो ।
