सखी महिलाको साथी संस्था द्वारा नेपाल एटीमी क्योकोसिन कराते कार्यक्रम सम्पन्न
बारा २४ माघ
सखी महिलाको साथी संस्था द्वारा नेपाल एटीमी क्योकोसिन कराते कार्यक्रम आज बारा जिल्लाको भलुहि चौक स्थीत बगैंचा कटेजमा सम्पन्न भएको छ।
बारा को फेटा गाउँपालिका अन्तर्गत पर्ने भलुहीमा नेपाल एटीमी क्योकोसिन कराते संघ काे उपशाखा रहेको छ। उपशाखा को उदघाटनमा यो कार्यक्रमको आयोजन गरीएको हो। कराते खेलाउदै आएका गुरु चिहान राजकुमार महतो बाट कराते सिकेकाहरुले खेलालिहरु ले आफ्नो देखाउँदै कार्यक्रम सम्पन्न भएको हो। खेलालिहरू भरत देश को विभिन्न ठाउँ बाट मेडल र कप हासिल गरेका थिए।


कोलकाता सेकेण्ड ओयमा २०२३ कपमा विजयी भएका खेलाडी हरु ले जितेका ट्रफी (कप) आज सखी महिलाको साथी संस्था ले एक कार्यक्रम को बीच उनीहरू लाई प्रमाण पत्र र दोसाला ओढाई सम्मान गरियो ।
कराते केहो यसका फाइदा केके छन र किन अहिलेका जेनरेसन लाई कराते सिक्न आवस्यक छ। यो जानकारी गराउन को लागि कार्यक्रम काे आयोजना गरिएको थियो। कार्यक्रम मा विशेष गरी आफूलाई कसरी कसैको आक्रमण बाट कसरी बाँच्नु पर्छ भने खेल बाट नै प्रदर्शन भएको थियो।
विशेष गरी महिलाको हौसला उजागर गर्न को लागि कार्यक्रम काे आयोजना गरिएको थियो। यदि कुनै केटाले केटीलाई जिस्कायो हात हाल्न कोसिस गर्यो भने कसरी उसँग बच्ने , कसरी कराते सिकेकाले आफ्नो सुरक्षा गर्छन यसको जानकारी कार्यक्रम गरी आमजनता सामु प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य बारा क्षेत्र नं ४ख का जितेन्द्र सोनल, विशिष्ट अतिथि मा बारा को फेटा गाउँपालिका का मेयर रुस्तम अंसारी , फेटा गाउँपालिका का उप मेयर निलम देबी, नेपाल एटीमी क्योकोसिन कराते संघ का राष्ट्रिय अध्यक्ष राज कुमार महतो, सखी महिलाको साथी संस्था को उपाध्यक्ष रेजु कुमारी सिन्हा लगायत संस्थाको जिमेवार ब्यक्ति , इलाका प्रहरी कार्यालय प्रसौनी बारा का प्रहरि निरीक्षक नरेन्द्र कुमार बोगटी तथा फेटा गाउँपालिका को वडा अध्यक्ष र प्रसौनी गाउँपालिका का केही वडा अध्यक्ष हरु पनि उपस्थिति थिए।