Modern technology gives us many things.

मोटरसाईकल दुर्घटनामा पर्साको एक युवक मृत्यु ।

55

वीरगञ्ज, ६ फागुन। पर्साको धोविनी गाउँपालिकामा मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

 

मोटरसाईकल दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ एकडर्वा निवासी दिना यादवको १४ बर्षीय छोरा दिपेश कुमार यादवको मृत्यु भएको हो ।

 

Jay poli clinik

प्रदेश ०३–००६ प ५६५८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकमा जगरनाथपुरतर्फ जादै गरेको अवस्थामा धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुर र लंगडीको बीचमा पर्ने नहरको पुलमा ठोक्किएर तल खस्दा दिपेशको मृत्यु भएको हो ।

 

One 11 lounge

करिब १० बजे भएको दुर्घटना प्रहरीले राति ११ बजे मात्रै जानकारी पाएको थियो । दुर्घटनाको जानकारी पाएपछि गएको इलाका प्रहरी कार्यालय लंगडी र पोखरियाको टोलीले दिपेशको शव निकालेर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.