भारतको एक स्पा सेन्टर मा छापामारी तीन जना युवतीको उदार सात जना पक्राउ
एंटी ह्यूमन ट्रैफिकिंग यूनिट क्षेत्रको मुख्यालय बेतिया एसएसबी कार्यालय 47वीं वाहिनी एसएसबी रक्सौल (बिहार) , लखनऊ पुलिस तथा मिशन मुक्ति फाउंडेशन, एनजीओ “हम” द्वारा तीन जना युवतीको उदार गरी सात जना लाई पक्राऊ गरेको छ।

47वीं वाहिनी एसएसबी रक्सौल (बिहार) इन्सपेक्टर मनोज कुमार शर्माको कमाण्डमा विभूतिखंड गोमतीनगर लखनऊ मा एक ज्वाइंट रेस्क्यू ऑप्रेशन गरी फसेका तीन युवतीको उदार गरिएको छ। दुइ महिना पहिला देखि नै त्यस स्पा सेन्टरमा देह ब्यापार तथा यौन व्यवसाय हुँदै आएको सूचना प्राप्त भएको थियो सूचना पाउन साथ त्यहाँ वास्तविक केहो बुझ्न टोली खटाएर सम्पुर्ण जानकारि प्राप्त भएपछि लखनऊको प्रहरीसँग समन्वय गरी छापामारी गर्दा नेपाल तथा भारतको नार्थ इस्ट क्षेत्रको युवतीहरूको उदार गरिएको छ।

त्यहा छापामारी गर्न पुगेको टोलीले ग्राहक बनेर स्पा सेन्टरमा पुगेका थिए। पछि ती युवतीहरुले त्यस स्पा सेन्टरमा भइरहेको गतिविधिको बारेमा जानकारी गराएका थिए। अहिले उदार गरिएको युवतीहरुलाई सोधपूछको लागि राखिएको तथा स्पा सेन्टरको सञ्चालक सहित अन्य व्यक्तिहरूलाई अनुसन्धानको लागि प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ।