महावीर झण्डा मेलामा स्थानिय र प्रहरी बिच झडप चार राउण्ड गोली फायर एक जना घाइते
वर्षौं देखी बीरगन्ज महानगरपालिका वडा नं १७ मा लाग्ने श्री महावीर झण्डा मेलामा प्रहरि तथा स्थानीय बिच झडप भएको छ। नेपालमा नियम अनुसार १० बजे पछि ठूलो स्वरमा साउण्ड स्पिकर बजाउन निषेध गरिएको छ। तर वर्षौं देखी यस महावीर झण्डा मेलामा बेर राती सम्म प्रोग्राम हुने गरेको थियो।
मेला समितिको भनाइ अनुसार प्रत्येक बर्ष बेर राती सम्म प्रोग्राम गर्दा कुनै किसिमको विवाद उत्पन्न न हुने गरी मेलामा प्रोग्राम हुने गरेको थियो। तर यस वर्ष पहिलो चोटी प्रहरीले पटक पटक प्रोग्राम बन्द गर्न दबाब दिएकोले गर्दा विवाद उत्पन्न भएको हो। मेला समितिको व्यक्ती, स्थानिय व्यक्ती तथा वडा नं १७ का वडा अध्यक्ष सञ्जु छत्कुली ले पनि कम्तीमा रातिको १२ बजे सम्म प्रोग्राम गर्न दिनु आग्रह गर्दा पनि नेपाल प्रहरीका प्रहरी चौकी सिर्सिया का इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीले कसैको कुरा र आग्रह समेत न मान्दा स्थानिय र प्रहरि बिच झडप भएको हो।


बोर्डर पिलर भएको ठाउँबाट मात्र दुइ सय फीट को दूरीमा लाग्ने मेलामा कुनै किसिमको विवाद उत्पन्न न होस शान्ति सुरक्षा को मध्य नजर गर्दै समयमै प्रोग्राम बन्द गराउन खोज्दा स्थानिय ले प्रहरीलाई भने सर चिन्ता लिनु पर्दैन प्रतेक बर्ष यहाँ मेला लाग्ने गर्दछ बितेको वर्षसम्म कुनै किसिमको बिबाद भएको छैन र कहिले पनि हुँदैन भन्दै आग्रह गरेका थिए। तर नेपाल प्रहरीले कसैको कुरा न सुनेको स्थानीयले नेपाल प्रहरी माथि आरोप लगाएका छन्।
रातिको येगारह बजेर दस मिनेट समयपछि नेपाल प्रहरीले प्रोग्राम बन्द गराउन खोज्दा अलि विवाद उत्पन्न भएको थियो त्यस पछि वडा प्रहरी कार्यालय श्रीपुरको टोली बोलाई भीडलाई तिथिर विथिर पार्न लाठीचार्ज समेत गरिएको थियो। पछि स्थानियले प्रहरीलाई लखेटेपछि प्रहरि त्यस ठाउँबाट भागेको थियो। फेरि केही बेर पछी जिल्ला प्रहरी कार्यालय पर्सा , वडा प्रहरी कार्यालय श्रीपुर , तथा सिर्सिया चौकीको टोलीले आएर भीड नियन्त्रण गर्न खोज्दा स्थानिय र प्रहरि बिच झडप तथा ढुङ्गा मुढा चलेको थियो।
ढुङ्गा मुढा चलेको हेर्दै नेपाल प्रहरीले चार राउण्ड गोली फायर गरेको थियो। जसमध्ये एक जनालाई खुटामा बन्दुक को छरा लागेर घाइते भएका छन भने केही स्थानियलाई चोट पटक समेत लागेको छ। ढुङ्गा मुढा प्रहार हुदा केही प्रहरि घाइते भएका छन्। दसगजा क्षेत्रमा बोर्डर पिलर भन्दा १०० मीटर टाढा बाट प्रहरीले चार राउण्ड गोली फायर तथा आँसु ग्यास समेट प्रहार गरेको थियो। आशु ग्यास प्रहार गर्दा बोर्डर पिलर पार गरेर भारत मा आँशु ग्यास गएको थियो।
बन्दुकको छारा खुटामा लागेर घाइते भएका व्यक्ति भारतिय नागरीक रहेको स्थानियले जानकारी गराएका छन। पहिलो चोटी लाठीचार्ज गर्दा आक्रोशमा आएका स्थानीयले बोर्डरमा सीमा सुरक्षाको लागि बस्ने पोस्ट समेत तोडफोड गरेका थिए। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको पोष्ट तोडफोड गरेपछि नेपाल प्रहरीको दुई वटा मोटरसाइकल समेत तोडफोड गरीएको छ।