Modern technology gives us many things.

बारा मा ट्राफिक व्यवस्थापन अस्तव्यस्त ट्राफिक प्रहरी रकम असूलीमा ब्यस्त।

143

अरुण कुशवाहा

कलैया (बारा) मङ्सिर २२, ।

बारा जिल्लामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ । साँघुरो सडकसंगै बढ्दो सहरीकरण र सवारीसाधानको चाँपले जिल्लाको ट्राफिक व्यवस्थापनमा चुनौती थपीदै गएको छ । जथाभावी पार्कीङ गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने क्रम नरोकिएपछि दुरघटना हुने जोखिम बढदो छ ।

 

One 11 lounge

बारा मा केहीसमय यतादेखि ट्राफिक व्यवस्थापनमा चुनौती थपिदै गएको छ । सांघुरो सडक, बढ्दै गएको जनसंख्यासंगै सवारीसाधनमा वृद्धि हुँदै गएपछि दिन प्रतिदिन ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दै गएको हो । जथाभावी पार्कीङ र ट्राफिक नियमको व्यापक उल्लंघनले पनि ट्राफिक व्यवस्थापन फितलो बनेको छ भने कलैया का मुख्य सडकहरुमा ट्राफिक जामको समस्या बढ्न थालेको छ ।कलैया भरत चौक देखि अस्पताल रोड,बरियारपुर रोड तथा देवकोटा चौक सम सार्वजनिक गाडी रोड मा नै पार्किङ गरेका छ्न।

 

Jay poli clinik

यतीबेला ट्राफिक प्रहरीलाई ई–रिक्सा,अटो तथा मैजिक गाडी मा कुनै किसिम व्यवस्थापन गर्न लागेका छैन्न्न। कलैया मा ६ सय भन्दा बढी इ–रिक्सा संचालनमा छन् । ९०% इरिक्सा तथा अटो बिना सवारी चालक अनुमतिपत्र बेगर सन्चालन मा हुदा पनि पैसा को बलमा निर्वाह रुपमा सन्चालन रहेको पाइएको छ। यसको उचित व्यवस्थापन हुन नसक्दा ट्राफिक समस्या झन बढ्दै गएको छ । जिल्लाको ट्राफिक व्यवस्था चुस्तदुरुस्त बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले बेलाबेलामा नौटकि को लागि साताव्यापी सचेतनामुलक कार्यक्रम संचालन गरेपनि खासै प्रभावकारी हुन सकेको छैन । त्यस्तै जेब्रा क्रसिङको अभावका कारण पैदलयात्रुलाई सडक वारपार गर्न कठिनाई हुने गरेको छ ।

 

कलैया को मुख्य सडकहरुमा ट्राफिक प्रहरीहरु नभएका होईन्न, तर ट्राफिक नियम उल्ंघन भए नभएको प्रति वास्ता गरेको पाईदैन । कलैयामा पार्कीङको अभाव भएपछि उपमहानगरपालिकाले कुनै सथानमा पार्कीङको व्यवस्था गरेको छैन । यद्यपी अधिकांश सवारीसाधन भने सडक किनारामा मै पार्कीङ गर्ने गरेका छन् । यसतर्फ समेत ट्राफिक प्रहरीको ध्यान गएको छैन । ट्राफिक प्रहरीहरु ड्युटी भन्दा पनि आफन्तसँग गफगाफ गर्ने, छेउछाउमा बस्ने तथा आफैमा व्यस्त हुने गरेको कारण पनि भरत चौकमा ट्राफिक जामको समस्या हुने गरेको स्थानीयहरुको भनाई छ । मुख्य सडकहरुमा ट्राफिक प्रहरीहरुको खासै उपस्थिति नहुने गरेको उनीहरुको भनाई छ ।

 

यता जिल्ला ट्राफिक कार्यलय का प्रहरी निरीक्षक राम कुमार महतो लाई बारम्बार भन्दा पनि सुन्वाइ गरेका छैनन। ट्राफिक प्रहरीहरुले पाएको जिम्म्ेवारी ईमानदारीपूर्वक निर्वाह नगरेको स्थानीयहरु बताउने गरेका छन् ।

 

हाल जिल्लामा ४०-५० जना ट्राफिक प्रहरी कार्यरत छन् । जनशक्ति अभावका कारण देखाएर बारामा ट्राफिक व्यवस्थापन हुन सकेको छैन । यद्यपी सवारीचालक तथा पैदलयात्रुहरुले ट्राफिक निमयको पालना गरे पनि जिल्लाको ट्राफिक व्यस्थापनमा केही हदसम्म पक्कै सुधार हने स्थानीय बुद्धिजिवीहरु बताउँछन्।माल बाहक सवारी ट्रक, टिपर ,पिकपक,धान भुसा लोड गरेका सवारी साधन बाट १००- २०० लिइ बिना बिल बिजक समेत जान दिने गरेको स्थानीय बताने गरेका छ्न।

Leave A Reply

Your email address will not be published.