ईप्रका प्रसौनी बाराका घुमुवा पटेल र केवटको असुली धन्दा तीब्र
बारा, मंसिर २२ । बारा जिल्लाको प्रसौनी स्थित ईलाका प्रहरी कार्यालयले घुमुवा खटाई अबैध कारोबार तस्करी प्रसय दिईरहेको समाचार स्रोतले जनाएको छ । ईप्रका प्रसौनी मातहतका युनिटहरुबाट र तस्करहरुबाट रकम असुली लागि दुई जना घुमुवा खटाईएको जनाईएको छ।

ईलाका प्रहरी कार्यालय प्रसौनी कार्यत प्रहरी सहायक हवलदारद्वय सोनालाल पटेल र भागरथी महतो केवटले प्रसौनी मातहत पर्ने बलिरामपुर,छतवा र जोतपुर लगायतका नाकाहरुबाट हुने गरेको अबैध कारोबार गर्ने तस्करहरु संग मसिक रुपमा नाकामै पुगी रकम असुली गरिरहेको स्थानियहरुले बताएका छन। शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरी केहि कर्मचारीहरु चोरी तस्करीमा संगलन हुन थाले पछि चोरी तस्करी जस्ता आपराधिक गतिबिधि बढनु स्वाभाविक भएको स्थानियहरुले बताएका छन् ।आर्थिक प्रलोभनमा परि ईलाका प्रहरि कार्यालय प्रसौनीका घुमुवाहरु चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समुहका मुख्य नाईकेहरु संग मेलमिलाप गरेपछि तस्करी बढेको बुझिएको छ।
साभार :- नवलपुर टुडे
