नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई झुक्याई अलौ नाकबाट कवाड तस्करी
बीरगन्ज २२ पर्सा
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी लाई झुक्याई सानो तिनो कवाड हो भन्दै एकजनाले ठूलो मात्रामा कवाड सामग्री को काम गर्दै आएका छन। सीमा क्षेत्रमा कडाइ भएको कुरालाई केही व्यक्तिले वास्तवमा तस्करी भएको हेराउन र नेपाल प्रहरी तथा ससस्त्र प्रहरी लाई बदनाम गराउने उदेश्यले एक भारतीय तस्करले कबाडको तस्करी गर्ने गरेका छन।


नेपाल प्रहरी तथा ससस्त्र प्रहरीले सीमा नाकामा थप कडाइ गरेपनी दिनहुँ ठेलामा ठूलो परिणाममा कवाड , ब्याट्री, आलमुनियम, जस्ता वस्तुहरू ठेलामा राखेर भारत तिर पठाउने गर्दै गरेकाे श्रोतको दावी रहेको छ। धेरै दिन देखी ठेला मुनि ब्याट्री, महंगो कवाड राख्ने र माथिबाट पानीको बोतल, कचरा कवाड हरु राखी प्रहरि लाई झुक्याउँदै आफ्नो तस्करी कार्य लाई दैनिक रूपमा नेपाल बाट भारत तरफ पठाउने गरेका छन।
भारतको रक्सौल जोकियारी निवासी जय प्रकाशले २ वटा ठेला प्रयोग गर्दै दैनिक रूपमा ठूलो मात्रामा विभिन्न प्रकारका कवाड हरु राखी भारत तर्फ अलौ नाका प्रयोग गरी लिएर जाने गरेको पाइएको थियो। साथै एकजना अरू पनि व्यक्तिले कवाडको नाममा कवाड , ब्याट्री, आलमुनियम, गाडीको पूरानो पार्ट्स हरु लगायत विभिन्न महँगो वस्तुको दैनिक रूपमा नेपाल बाट भारत पठाउने गरेका छन।
जय प्रकाशले गरीब घरका व्यक्तिलाई बढी पैसा कमाउने प्रलोभन देखाई दुई जना अति गरीब व्यक्तिलाई यस्ता तस्करी कार्यमा आफ्नो सहयोगी बनाएका छन। अति गरीब व्यक्तिहरुलाई प्रयोग गरी नेपाल प्रहरी तथा ससस्त्र प्रहरीलाई झुक्याउँदै आफ्नो दैनिकी घर चलाउन दिनभरि कवाड बाटोबाट उठाउने र बेलुका बिहान सीमा पारी रक्सौलमा बेचेर आउने आफ्नो घर परिवार चलाउने हिसाबले शंका नहोस् जस्तो ढंगले दैनिक रूपमा आफनो कवाड तस्कारीको कार्यलाई तीब्रता दिएका छन।