Modern technology gives us many things.

नेपाली कांग्रेस पर्साको माग ,किर्ते नागरिकता दिलाएको आरोप लागेका मेयर सिंहमाथि छानबिन होस्

323

विरगन्ज, फाल्गुन ११                            वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अरुको छोरीलाई आफ्नो छोरी बनाई किर्ते कागज बनाई नागरीकता दिलाएकोमा नेपाली काँग्रेस पर्साले प्रेस विज्ञप्ति जारी गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । केही हप्ता अगाडी देखी नै पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद शाहाबुदीनको अगुवाइमा मेयर राजेशमान सिंह को यो किर्ते प्रकरण बारे वीरगंजको सडक र सदनमा समेत कुरा उठेको भएता पनि हाल सम्म देखिने गरि कुनै कारवाही भएको छैन ।

Jay poli clinik

प्रेस विज्ञप्ति जारी गर्दै देशको शासन व्यवस्था संविधान र कानुन बमोजिम चल्नु पर्दछ, कानुन भन्दा माथि कुनै संस्था वा व्यक्ति रहनु हुँदैन भन्ने मान्यता रहेको र कानुनको उल्लंघन गर्ने जो कोही पनि कानुन बमोजिम कार्वाही र सजायको भागीदार हुनु पर्दछ, कानुनको उल्लंघन गर्ने छुट कसैलाई हुनु हुँदैन यहि नेपाली काँग्रेस पर्साले प्रेस विज्ञप्तिमा आफनो मांग उल्लेख गरेका छन्

 

One 11 lounge

नेपाली काँग्रेस पर्साले ‘उक्त नागरिकताको सम्बन्धमा सत्य तथ्य निष्पक्ष छानविन गरी दोषीलाई कानुनको दायरामा ल्याई आवश्यक कार्वाही प्रकृया अगाडी बढाउनका लागि नेपाली काँग्रेस पर्सा सम्बन्धित सरोकारवाला सम्पूर्ण निकायहरु संग मांग गरेका छ।

Leave A Reply

Your email address will not be published.