सशस्त्र प्रहरी पर्साले भन्सार छली को २५ लाख ८७ हजार बराबर विभिन्न समान बरामद
विरगन्ज पर्सा –१
.मिति २०८०।१२।२४ गते रात को समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका-१७ कोनिया नाका बाट प्र.सी.सु. गुल्म अलौबाट खटिएको गाडी मोबाईल टोलिले

चेक जाँच गर्ने क्रममा नेपालबाट अवैध रुपमा BR10 J 8201 नम्बरको भारतीय टाटा सु.मो.मा कस्तुरी मदिरा (सिल प्याक)

बोकी भारततर्फ जादै गरेको मुल्य रु. २०,००,०००।- बराबरको टाटा सु.मो. र मुल्य रु. १,३३,५००।- बराबरको मदीरा गरी जम्मा मु.रु. २१,३३,५००।- बराबरको टाटा सु.मो. र मदीरा छाडी ब्यक्ति भागी गएको हुँदा उक्त टाटा सु.मो. र मदीरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार बुझाएको ।
२.मिति २०८०।१२।२५ गते जि.पर्सा बिन्दबासनी गा.पा.-५ प्रसौनी नाका बाट बिओपि प्रसौनीभाठाबाट खटिएको पैदल गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ मो.सा. मा बोकी ल्याउदै गरेको मुल्य रु. ४४,२०० ।- बराबरको कपडा छाडी ब्यक्ति मो.सा लिई भागि गएको हुंदा उक्त कपडा बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय बुझाएको ।
३.मिति २०८०।१२।2५ गते जिल्ला पर्सा बि.म.न.पा.-२५ सिर्सिया नाका स्थित बि.ओ.पि. ड्राईपोर्टबाट खटि गएकको टोलीलाई देखि भारतबाट अवैध रुपमा भन्सार छलि २ वटा साईकलमा राखि नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु.२२,४००/- बराबरको प्याज ३० के.जी अमुल फेश क्रिम र प्लम्बिङ्ग को सामान छाडि व्यक्ति साईकल लिई भागी गएकोले उक्त सामान बरामद गरी विरगंज भन्सार कार्यालयमा बुझाईएको ।
४.मिति २०८०।१२।२५ गते जिल्ला पर्सा वि.म.न.पा-१६ भन्सार मेनगेट स्थित प्र.सी. सु.गु.बिरगंज पर्साबाट कमाण्डमा खटिएको गाडी मोबाईल टोलीलाई देखी अबैध रुपमा भारतबाट नेपालतर्फ रा १ ह १९१६ नम्बरको टेम्पोमा राखी ल्याउदै गरेको अ.मुल्य रु. ३६,३००। बराबरको मोबिल र मोटरपाट्स टेम्पोको मुल्य रु. २,००,०००।- गरी जम्मा मुल्य रु. २,३६,३००। बराबरको टेम्पो मोबिल र मोटरपाट्स छाडी ब्यक्ती भागि गएको उक्त समानहरु बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा दाखिला गरेको ।
५.मिति २०८०।१२।२५ गते जि.पर्सा वि.म.न.पा-१६ भन्सार मेनगेट स्थित प्र.सी.सु.गु. बिरगंज पर्साबाट खटिएको गाडी मोबाईल टोलीले अबैध रुपमा भारतबाट भन्सार छलि बिभिन्न सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु.१,१५०,७७५। बराबरको किराना सामान र कस्मेटिक सामान छाडि ब्यक्तिहरु भागि गएको हुदाँ उक्त सामान बरामद गरी बिरगंज भन्सार कार्यालयमा दाखिला गरेको।