Modern technology gives us many things.

प्रहरी चौकी श्रिसियाको घुमुवा यादवको आर्थिक आतंक ; सरुवा ठोरी क्षेत्र तिर भएपनि जान्न मानेन

441

वीरगन्ज १६ भदौ

प्रहरी चौकी श्रिसियाको घुमुवा सागर यादबको आर्थिक आतंक एक महिनामा दुई पटक तस्कर संग  महिनवारी बुझी ठुलो मात्रामा तस्करीको लाईन दिएको आरोप । प्रहरी चौकी सिर्सियामा विगत ७  महिना देखि घुमुवामा कार्यरत  रहेका प्रहरी जवान यादव अड्डा जमाएर बसेका छन्।प्रहरी चौकी श्रिसियामा घुमुवाको रुपमा कार्यरत रहेका यादव रिन्चदेखि सिरिञ्जसम्मको व्यापारीहरुसँग रकम असुलीकर्ताको रुपमा चिनिन्छन् ।

शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरी चोरी तस्करीमा सङलन हुन थालेपछि चोरी तस्करी बढनु पनि स्वाभाविक कुरा हो । आर्थिक प्रलोभनमा परेका नेपाल प्रहरीको घुमुवाले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समुहका मुख्य नाइकेहरू सङ्ग मेलमिलाप गर्न थालेपछि चोरी तस्करी बढेको पाइएको हो ।

One 11 lounge

प्रहरी चौकी श्रिसियाको घुमुवा यादबले आफ्नो  मातहत पर्ने अलौ नाकाबाट काम गर्ने कबाड तस्कर तबारक संग २५ हजार, पंकज २० हजार, जलाउदिन संग १९ हजार, भिखारी र बिनयको ग्रुपबाट २८ हजार , जटाधारीको समूह संग २१ हजार, अोमप्रकाश र निरज  संग बटरको लाईनको लागि ३५ हजार , बैजु  किराना १७ हजार रुपैया, मोतीको रजनिगन्धाको लाईन दिए वापत २५ हजार लिई तस्करीको लाईन दिएको स्रोतले जनाएको छ।

त्यसैगरि बार्वा नाकाबाट नन्दु, संदिप र भुवनको लाईन बापत ५० हजार र खल्वा श्रिसियाबाट काम गर्न मंञ्जु को मरिच,लत्ताकपडा बापत६० हजार,बिजय कबाडको तस्करी गारउन बापत ५० हजार रुपैया बुझि तस्करी लाईन खुलाएको नाम नछाप्रने सर्तमा एक तस्करले बतएका छन्।

Jay poli clinik

एक तस्करको अनुसार महिनवारी समेत लिएपनि बिच बाटोमा सामानहरु समाति हाकिमलाइ जाहेर नगरि पैसाको बार्गेनिङ गरि छोड्ने गरेको बताए।

जिल्ला प्रहरी कार्यालय पर्साको चैन अफ कमान्ड अनुसार एक प्रहरीले ६ महिना सम्म एउटा चौकीमा बस्न पाउन प्रबर्द्धन रहेपनि यादव ८ महिना देखि  प्रहरी चौकि श्रिसियामा घुमुवा बसि लाखौं रुपैयाँको महिनवारी बुझदै आएका छन। उनको सरुवा ईलाका प्रहरी कार्यालय ठोरी भएपनि  ८ महिना देखि प्रहरी चौकि श्रिसियामा नै कार्यरत रहँदै आएका छन् ।

प्रहरी नै गैर कानुनी कार्य सँलग्न नहोस, अपराधिक गतिविधिका मान्छेसँग नजिक नहोउन भन्ने उदेश्यले ६ महिनामा अन्यत्र सार्ने प्रावधान भएपनी ८ महिना देखि एकै ठाउँमा अड्डा जमाएका हुन् ।  नेपाल प्रहरीको माथिल्लो निकायको आशिर्वादले ठोरी सरुवा भएपनि प्रहरी चौकी श्रिसियाको घुमुवा भई  सिमानाकाहरुमा तांडव मच्चाएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले हरेक युनिटका   हाकिम देखि सिपाही सम्मलाई ६ महिनामा फेर बदल गर्ने गरेको छ तर सिपाही यादवले ८ महिना देखी प्रहरी चौकी श्रिसियामा कार्यरत रहेका छन।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले हरेक महिना जिल्ला भरिका युनिटहरको ईन्चार्जहरु संग बैठक बसाई सिमानाकामा हुने तस्करी नियन्त्रण गर्ने निर्देशन दिएपनी उनक निर्देश विपरीत घुमुवा यादवले सई र एसपीको नाऊमा समेत लाखौं रुपैयाँ असुली गरि  तस्करीको लाइन खुलाएको स्थानीयहरुले गुनासो गरेको छ।यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख एवम प्रहरी उपरीक्षक ढुंगेलको ध्यान दिन जान यति आवशयक देखिएको छ।
साभारः वीरगंज टुडे

 

 

Leave A Reply

Your email address will not be published.